सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पुर्याउनुपर्छ : बुढाथोकी

सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पुर्याउनुपर्छ : बुढाथोकी

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भद्रपुर, ३ माघ ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पुर्याउन सके मात्रै स्थानीय तहबाट जनता लाभान्वित हुने बताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज झापामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनहितका काम गर्दा निजामती कर्मचारीले पनि आफ्ना दृष्टिकोणलाई फराकिलो पार्र्नु पर्ने बताउनु भयो ।

कर्मचारीको व्यवहारबाट नै मुलुकको आर्थिक सामाजिक र राजनीतिक क्षेत्रको विकास हुने मन्त्री बुढाथोकीको भनाइ छ ।

उहाँले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताउनुभयो ।

सरकारले कर्मचारीको लागि स्वास्थ्य बिमा र निवृत्तकोष स्थापना गर्न आवश्यक छलफल गरिरहेको पनि मन्त्री बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव दिनेशकुमार थपलियाले संविधानको सफल कार्यान्वयनमा राजनीतिक संरचना, प्रशासनिक पुनःसंरचना र वित्तीय व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ