पहाडी र मधेसी जनताबीच द्धन्द गराउने षड्यन्त्र : देउवा

पहाडी र मधेसी जनताबीच द्धन्द गराउने षड्यन्त्र : देउवा

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, ३ माघ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसी जनताबीच द्धन्द गराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उहाँले हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको बताउनु भएको छ ।

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको भन्दै उहाँले मधेसको माग संबोधन गरि निर्वाचनमा जाने बताउनु भयो ।

सिमाङकनको बिषयलाई लिएर संविधान संशोधन बिधेयकको बिरोध गर्नुको कुनै औचित्य नभएको भन्दै सभापति देउवाले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको अवधारणालाई अघि बढाइएको बताउनुभयो ।

संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आसन्न तीनवटै तहका निर्वाचनमा काँगे्रसको विजय आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि पार्टी्भित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यस्तै काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचन गराउने कुरामा सरकार सक्रिय बन्नुपर्ने बताउनुभयो ।

काँग्रेस कास्कीका पूर्वसभापति एवम् सांसद यज्ञबहादुर थापाले तीन तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संविधानको कार्यान्वयन गर्नका लागि पार्टीको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ