काठमाडौ ३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताउनु भएको छ । युएई भ्रमणका क्रममा दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीबकरण बढ्न दिन नहुनेमा जोड दिनु भयो ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको भन्दै उहाले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन नसकिने धारणा राख्नुभयो ।
मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएकाले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताउनु भयो ।
सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीको भनाई छ । आफू नेतृत्वमा सरकार बनेदेखि मुलुकलाई कसरी आर्थिक समृद्धि तर्फ अघि बढाउन सकिन्छ भन्ने तर्फ निरन्तर जुटिरहेको बताउनु भयो ।