भुकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम दिने प्राधिकरणको तयारी

भुकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम दिने प्राधिकरणको तयारी

क्याम्पस कलेजहरुले समेत सहभागिता जनाउन पाउने

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ३ माघ ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनरनिर्माण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने योजनासहित भुकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम दिने भएको छ । भुकम्प प्रभावित ३१ जिल्लाका ग्रामिण बस्तीलाई लक्षित गरी स्थानीयलाई डकर्मी तालिम दिने गृहकार्य अघि बढाएको प्राधिकरणले जनाएको छ ।

सेवाकालिन तालिम सहित निर्माणकर्मी उत्पादनका लागि आगामी माघ २५ गतेभित्र डकर्मी तालिम सम्बन्धी प्रक्रिया सुरु गर्ने गरि तयारी अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ डा. गोविन्दराज पोखरेलले जानकारी दिनुभयो ।

कार्ययोजना अन्तर्गत प्रथम चरणको तालिमका लागी भुकम्प प्रभावित ३१ जिल्लाका २ सय ५० गाविसको सुचि तयार गरिनेछ । हालसम्म तालिमको जिम्मेवारी पाएका अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुलाई समेत रोष्टर बनाइने पोखरेलले बताउनु भयो ।

तालिममा सरकारी तथा निजी प्राविधिक क्याम्पस र कलेजहरुलाई समेत सहभागी गराउने जनाइएको छ । डकर्मी सम्बन्धी तालिम संचालन सम्बन्धमा क्याम्पस तथा कलेजहरुसंग भोली प्रस्ताव माग गरिने प्राधिकरणले जनाएको छ ।

स्रोत यकिन भइसकेको राष्ट्रिय तथा गैरसरकारी संघ संस्था र अन्य संस्थाहरुलाई समेत प्रस्तावका लागी आह्वान गरिनेछ । तालिम प्राप्त डकर्मीहरुले ग्रामिण भेगमा स्थानिय निर्माण सामाग्रीबाट समेत भुकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्नेछन् ।

दक्ष इन्जिनियर तथा प्राविधिक पुग्न नसकेका भुकम्प प्रभावित ग्रामिण बस्तीहरुमा स्थानिय उत्पादनका निर्माण सामग्रीले पनि भुकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने उदाहरण दिन तालिम प्राप्त डकर्मीलाई ग्रामिण क्षेत्रमा परिचालन गरिने प्राधिकरणले जनाएको छ ।

आगामी माघ १८ गतेसम्म तालिम संचालन सम्बन्धी प्रस्ताव मूल्याङ्कन गरि माघ २५ गतेभित्र सम्झौता गरिसक्ने प्राधिकरणका सह–प्रवक्ता डा .भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ