विधिसम्मत रुपमा जिल्ला अधिवेशनको माग गर्दै सोलुखुम्बुका कंग्रेस नेता आजदेखि अनसन बस्दै

विधिसम्मत रुपमा जिल्ला अधिवेशनको माग गर्दै सोलुखुम्बुका कंग्रेस नेता आजदेखि अनसन बस्दै

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, माघ ३।
नेपाली कांग्रेसको जिल्ला कार्य समिति सोलुखुम्बुले जिल्ला अधिवेशन तत्काल गर्न माग गर्दै आज देखि रिले अनशन सुरु गर्दै छ ।

एक वर्षअघि अधिवेशन नै नगरी सभापति चयन गरेको भन्दै सोलुखुम्बुका कांग्रेस नेताहरुले आज देखि ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन सुरु गर्न लागेका हुन् । अनशन मध्यान्ह १२ बजेदेखि सुरु गर्ने बताइएको छ ।

अनशनमा पार्टीका जिल्ला पुर्व सभापति, भातृसंस्थाका केन्द्रिय सदस्य तथा जिल्लाका पूर्व सभापति, क्षेत्रीय प्रतिनिधि, कृयाशिल सदस्य लगायतको सहभागीता रहने छ ।

अधिवेशनका लागि गएका केन्द्रिय प्रतिनिधि र निर्वाचन अधिकृतले चुनावै नगरि फर्किए पनि केही नेताको प्रलोभनमा परि केन्द्रमा विनोद बस्नेतलाई आफूखुशी जिल्ला सभापति घोषणा गरिएकाले विधी सम्मत अधिवेशनको माग गर्दैै आजदेखि अनशन सुरु गर्न लागिएको सोलुखुम्बु कांग्रेसका सचिव चन्द्र आचार्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ