वालिङ, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।
नेपाल आदर्श क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २०७४ माघभित्र तीनवटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटतर्फ धकेलिन सक्ने खतरा रहेको बताउनु भयो ।
“संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल मिल्नुको विकल्प छैन,” उहाँले भन्नुभयो– “२०७४ माघभित्र स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुन सकेन भने देशमा संवैधानिक सङ्कट आउन सक्छ ।”
संवैधानिक सङ्कटबाट मुलुकलाई जोगाउन दलहरुले छिटोभन्दा छिटो सहमति गरी निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline