काठमाडौ २ माघ ।
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव सबै नेपालीको हितमा भएको दावी गर्नुभएको छ । मन्त्री यादवले सरकारले ल्याएको संशोधन प्रस्ताव पारित भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले संशोधन प्रस्ताव मुलुक र जनताको हितमा रहेको र कसैले यसलाई राष्ट्रियता विरोधि भन्छ भने उसले राष्ट्रियताको अर्थ नबुझेको धारणा राख्नु भयो ।
मुलुकको वर्तमान परिस्थिति जटिल तथा संवेदलशील मोडमा आएको भन्दै उहाँले सबै मिलेर जारी गतिरोध अन्त्य गरी राष्ट्रलाई विकासको बाटोमा लैजानु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेतृ समेत रहनु भएका मन्त्री यादवले पार्टी नेतृत्वले कसैलाई काखापाखा नगरी एकताबद्ध भई सङ्गठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अब हुने तिनै तहको निर्वाचनमा नेपाली काँग्रेसका कार्यकर्ता एकजुट भई लागेका यो पार्टीलाई कुनै शक्तिले पनि हराउन सक्दैन ।” पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा उहाँको जोड थियो ।