राजनीतिक द्वन्द्व नचर्काउन सरकारलाई एमालेको चेतावनी

राजनीतिक द्वन्द्व नचर्काउन सरकारलाई एमालेको चेतावनी

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ,२ माघ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रक्रिया अघि बढाएर मुलुकमा द्वन्द्व नचार्काउन सरकारलाई चेतावनी दिएको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले सरकारलाई राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न आग्रह गरेको हो ।

साथै सरकारले संसदमा पेश गरेको संशोधन असंवैधानिक र राष्ट्रहित विपरित भएको दोर्होयाएको छ ।

त्यस्तै एमालेलले तत्काल चुनावको मिति घोषणा गर्न पनि सरकारसँग माग गरेको छ । २०७४ माघ ७ गतेभित्र तीन तहकै चुनाव गर्नुपर्ने भएकाले तत्काल निर्वाचन सम्वन्धी विधेयक संसदमा प्रस्तुत गर्न र पेश भइसकेको विधेयक पास गर्ने वातावरण बनाउन र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न पनि माग गरेको छ ।

त्यस्तै बैठकले न्यायपरिषदले गरेको उच्च अदालतको न्यायाधीश सिफारिसप्रति पनि आपत्ति जनाएको छ । मनोमानी ढंगले न्यायालयकै स्वतन्त्रतामा आँच आउने गरी न्यायाधीश नियुक्ति गरिएकोमा स्थायी कमिटी बैठकले आपत्ति जनाएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिनुभएकोछ ।

एमालेले फागुन २१ देखि १५ दिनसम्म मेची महाकाली मधेस जागरण अभियान सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ । त्यस्तै माघ २४ गते एमालेले पार्टीको पोलिट्ब्युरो बैठक बोलाएको छ ।

एमाले स्थायी कमिठी बैठकले पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई हटाउने सरकारको निर्णय पूर्वाग्रही भएको र यसका पछाडि सरकारको गलत उद्देश्य लुगेको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ