काठमाडौँ, २ माघ ।
नेपाली काग्रेसका नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिप्रसाद न्यौपानेको ८७ वर्षको उमेरमा आज निधन भयो ।
स्वर्गीय न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखि सक्रिय नेता न्यौपानेले तनहुँ जिल्लाबाट लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
तनहुँको ब्यास नगरपालिका घर भएका न्यौपानेको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी नेता न्यौपानेको निधनबाट काग्रेसलाई अपूरणीय क्षति भएको बताउनुभएको छ ।
न्यौपानेलाई अन्तिम श्रद्धान्जलि दिन काँग्रेस नेता रामचन्द्र पौडेललगायत सांसद, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले आर्यघाट पुगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline