दलहरुबीच सहमति भएपछि निर्वाचनको मिति तोक्ने

दलहरुबीच सहमति भएपछि निर्वाचनको मिति तोक्ने

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २ माघ ।  

सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले दलहरुबीच सहमति जुटेपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने बताउनु भएको छ । आगामी जेठसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी गृहकार्य भइरहेको कार्कीले बताउनु भयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेकाले संशोधन भइराख्ने धारणा राख्नुभयो । मधेसको माग पनि एकै पटकमा पूरा हुन नसक्ने उहाको भनाई छ ।

स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको दावी गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका कार्कीले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक भएको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ