राप्रपाद्धारा साधारण सदस्य लगत सङ्कलन सुरु

राप्रपाद्धारा साधारण सदस्य लगत सङ्कलन सुरु

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २ माघ ।

आसन्न महाधिवेशनको तयारी स्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले साधारण सदस्य लगत सङ्कलन कार्य सुरु गरेको छ ।
गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सदस्यता वितरण गरेको राप्रपाले आजबाट लगत संङकलन सुरु गरेको हो । यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने जनाईएको छ ।

केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ ।

उहाँले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने जानकारी
दिनुभयो ।

पार्टीको केन्द्रीय अधिवेशन भने आगामी फागुन ६–९ गतेसम्म काठमाडौँ गरिने तय भइसकेको छ । नगर कार्यसमितिबाट प्रतिनिधि छनोट गरिने छ ।

सोअनुसार महानगरपालिकाबाट चार, उपमहानगरपालिकाबाट तीन, नगरपालिकाबाट दुई, प्रत्येक निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ नौ, क्रियाशील भ्रातृ सङ्गठनबाट चार जनाको अनुपातमा प्रतिनिधि छनोट गरिने छ ।
पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेपछि अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरबाट नयाँ सदस्यता लिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ