विकास आयोजनामा लगानी गर्न एनआरएनलाई आग्रह

विकास आयोजनामा लगानी गर्न एनआरएनलाई आग्रह

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २ माघ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको विकास आयोजनामा लगानी गर्न गैर आवासिय नेपालीलाई आग्रह गनुभएको छ ।

गैर आवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारण सभालाई गएराती टेक्सासमा सम्बोधन गर्दै उहाँले नेपाललाई आर्थिक विकासको बाटोमा लैजान एनआरएनएको भूमिका महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।

बिगतमा विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिदै मन्त्री महतले यो अभियानमा गैर आवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

संविधान कार्यान्वयनमार्फत आर्थिक विकासको एजेन्डामा अघि बढ्न लागेकाले यो अभियानमा गैर आवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

पछिल्लो समय नेपालमा ठुला लगानीको वातावरण बनेको भन्दै मन्त्री महतले मुलुकको बर्तमान अबस्था, बाहिर चर्चामा आएजस्तो असहज नरहेको स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री महतले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको दाबी गर्नुभयो ।

साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५ सय जना एनआरएनए सदस्यको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ