अब पुनरनिर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री निधी

अब पुनरनिर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री निधी

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २ माघ ।
कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गर्नुभएको छ ।

१९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले सरकारले अब पुनःनिर्माण कार्यलाई तीव्रता दिने बताउनु भयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचार संहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै पाण्डेले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउने दावी गर्नुभएको छ ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचार संहिताको दायरमा ल्याएको धारणा राख्न भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ