काठमाडौ २ माघ ।
युएई भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज त्यहाँका समकक्षी शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
दुबईमा हुने भेट दुई मुलुकबीचको सम्बन्ध, आपसीहित, द्विपक्षीय चासो, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परारष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले नेपाली कामदारको समस्या, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन तथा कामदार सुरक्षाको विषयमा कुराकानी गर्नुहुने जनाइएको छ ।
उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी अपरान्न हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल हिजो अपरान्न युएई प्रस्थान गर्नुभएको हो ।
यस्तै प्रधानमन्धी दाहालले आज युएईको आबुधाबीमा रहेको शेख जायद ग्राण्ड मस्क मस्जिद तथा विश्वको अग्लो भवन बुर्ज खलिफाको भ्रमण गर्नुहुनेछ । दिउँसो नेपाली दूतावास आबुधाबीले आयोजनामा हुने भेटघाट तथा नेपाली प्रतिनिधिसँगको अन्तरक्रियामा पनि उहाँ सहभागी हुने बताइएको छ ।
यसैगरी आजै बेलुका दुबईमा नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलको आयोजनामा हुने भेटघाट कार्यक्रम पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री दाहालले भोली समिटमा विशेष वक्ताको रुपमा सम्बोधन गर्नुहुने छ । सम्मेलनमा ३२ मुलुकका ६ सय बढी कम्पनीको सहभागिता रहने जनाइएको छ भनविभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।