नवलपरासीलाई बालमैत्री नगर बनाउने अभियान

नवलपरासीलाई बालमैत्री नगर बनाउने अभियान

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नवलपरासी, २ माघ ।

नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

जसमध्ये रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउने तयारी थालिएको हो ।

यसअघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ ।

अहिले ६ वटै नगरपालिका क्षेत्र भित्र बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउने लगायतका बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।

नवलपरासीमा रामग्राम, सुनवल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ