काठमाडौं, २ माघ ।
घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ ।
बाजुरा को दुर्गम बिच्छयाँ गाबिसमा की एक महिला बच्चा जन्माउँई सके पछि नचोखीन सम्म गाउँ बाट टाढा रहेको गोठमा दुई साता देखी बस्दै आएकी छन। महिनावारी र बच्चा जन्माउँदा देउँता रीसाउँने भन्दै गोठमा बस्ने चलन सुदुर र मध्यपश्चिमका पहाडी जिल्लामा कुसंस्कारका रुपमा झागिएको छ।
रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् ।
ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलमा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् ।
बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नु परे पनि देउत रिसाउछ भन्ने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउदैनन् ।-नयाँ पत्रिका