जनतामा दलहरुप्रति विश्वास घट्दै गयो ः सिंह

जनतामा दलहरुप्रति विश्वास घट्दै गयो ः सिंह

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ, माघ १ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राजनीतिक अस्थिरताले जनतामा दलहरुप्रति विश्वास घट्दै गएको बताउनुभएको छ ।

सहिदहरुको सम्झनामा तनहुँको बन्दिपुर सहिद बाटिकामा आयोजित कार्यक्रममा बोल्दै सिंहले हाल राजनीतिमा मुल्य मान्यता हराउँदै गएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

संविधान जारी गर्दा गरेको समझदारी नभुल्न समेत बिरोधमा रहेका राजनीति दलहरुलाई उहाँले अपिल गर्नुभयो । स्थानीय तहको निर्बाचन हुने भन्दै सिंहले तयारीमा जुट्न समेत जिल्लाका नेताहरुलाई निर्देशन दिनुभयो ।

यस्तै कांग्रेसका तनहुँ जिल्ला सभापति बैकुठ न्यौपाने, नेता अमर राज कैनी लगायतले संविधान कार्यान्वयनमा पार्टीले नेतृत्व लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ