ओखलढुङगा, माघ १ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताकै बलले संविधान संशोधन विधेयक असफल हुने दाबी गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचन एमालेको मुख्य एजेण्डा भएको भन्दै पोख्रेलले सरकारलाई चुनाव गराउन दबाब दिनका लागि एमालेले अभियान थालेको बताउनुभयो ।
ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा आज एमालेको गाउँ कमिटी अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन नै भएकोमा जोड दिनुभयो ।
सरकारले संविधान संसोधनको नाममा निर्वाचन कानुन पारित गर्न वेवास्ता गरेको बताउँदै महासचिव पोखरेलले सरकार निर्वाचन गराउने बाटोमा नहिँडेको आरोप पनि लगाउनुभयो ।
संविधान आवश्यकताका आधारमा संसोधन हुदै जाने भएकाले अहिलेको राष्ट्रघाती संसोधान प्रस्ताव सदबाटै अस्वीकृत हुने पोखरेलले दावी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline