निर्वाचनको वातावरण बनाउन दलहरुलाई उपराष्टपतिको आग्रह

निर्वाचनको वातावरण बनाउन दलहरुलाई उपराष्टपतिको आग्रह

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ माघ १ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन गर्ने गरी बातावरण बनाउन सबै दलहरुलाई आग्रह गर्नु भएको छ ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको आज उद्घाटन गर्दै उहाँले निर्वाचनको उपयुक्त वातावरण तयार गर्न दलहरुलाई आग्रह गर्नु भएको हो ।

उपराष्ट्रपति पुनले यसका लागि दलहरु विचमा रहेको सम्पूर्ण असमझदारी हटाउनु पर्नेमा जोड दिनु भयो । साथै उहाँले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गर्नु भयो ।

उपराष्ट्रपति पुनले जनआन्दोलन जस्ता हरेक आन्दोलनमा मगर समुदायले र्पुयाएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसक्ने समेत उल्लेख गर्नु भयो ।

नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता रहेको भन्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताउनु भयो ।

यसैगरी उपराष्ट्रपति पुनले शनिबार नै महर्षि बेद व्यासको जन्मस्थलमा पुगी व्यास गुफाको समेत अवलोकन समेत गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ