नेपाल पत्रकार महासङ्घको सदस्यता छानबिन गर्न क्रान्तिकारी पत्रकार महासङ्घको माग

नेपाल पत्रकार महासङ्घको सदस्यता छानबिन गर्न क्रान्तिकारी पत्रकार महासङ्घको माग

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, २९ पुस । क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानले व्यवस्था गरेबमोजिम योग्य हँुदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको छ । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज विज्ञप्ति जारी गर्दै आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैर पत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिइएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– “सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानबिन आयोग गठन गरी थपिएका नयाँ सदस्य र पुराना सदस्य, जो प्रत्यक्ष÷परोक्षरुपले पत्रकारिता पेसासँग संलग्न छैनन्, त्यस्तालाई महासङ्घको सदस्य खारेज गर्न विशेष माग गर्दछौँ ।” माग पूरा नभए आफ्नो सङ्गठनले चरणबद्ध सङ्घर्षको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ