काठमाडौ २९ पौष ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च अदालतमा न्यायपरिषदले गरेको न्यायधिश नियुक्तिको निर्णयमा पुनरविचार गर्न माग गरेको छ । पार्टीगत भागबन्डाका आधारमा उच्च अदालतमा न्यायाधीश नियुक्ति गरिएकामा दुःख व्यक्त गर्दै राप्रपाले नियुक्तिमा पुनरविचारको माग गरेको हो ।
पार्टी प्रवक्ता राजाराम श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र, स्वच्छ र निष्पक्ष न्यायालयले न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग गरेको छ ।
राजनीतिक पार्टीको भागबन्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यतालाई कायम राख्न नसक्ने वित्रप्तीमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline