काठमाडौ २९ पौष ।
संविधान संशोधन लगायत प्रमुख चार एजेन्डमा मधेशी मोर्चा र सरकारबीच आज निर्णायक वार्ता हुदैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ९ बजेपछि हुने वार्तामा स्थानीय निकाय निर्वाचन, संविधान संशोधन प्रस्ताव परिमार्जन तथा अनुमोदन र सिमांकन आयोग गठनबारे छलफल हुने जनाइएको छ ।
प्रतिपक्षी दलको अवरोधकाबीच व्यवस्थापिका संसदमा प्रस्ताव टेबुल भएको पाँच दिन बितिसक्दा पनि संशोधन प्रस्ताव परिमार्ज गर्ने सम्बन्धमा सरकारले चासो नदेखाएको भन्दै त्यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी भएको मोर्चा आवद्ध दल तराई मधेश सद्भावना पार्टीका प्रवत्ता केशव झाले बताउनु भयो ।
सर्बोच्च अदालतले संविधान संशोधनका प्रस्तावबारे संसदमा छलफल गर्न बाटो खोलिदिए पनि एमालेले फिर्ता लिन दवाव दिइरहेको अवस्थामा सरकारले खुलस्त रुपमा यसबारे कुनै निर्णय गर्न नचाहेको भन्दै मोर्चा सरकाप्रति असन्तुष्ट छ ।