काठमाडौ २९ पौष ।
उर्जासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भोली युनाइटेड अरब इमिरेट्स युएइ जाँदै हुनुहन्छ । विवादकाबीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक टेबुल भएर अघि बढ्न नसकिरहेको समयमा प्रधानमन्त्री दाहाल युएइ जान लाग्नु भएको हो ।
प्रस्ताव संसदमा प्रस्तुत भएपनि सत्तारुढ दलसँग प्रस्ताव पारित गराउन आवश्यक संसदको दुई तिहाई मत नरहेको समयमा प्रधानमन्त्री दाहाल चार दिनका लागि विदेश भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहालको साथमा उर्जामन्त्री जर्नादन शर्मा पनि युएई जाने कार्यक्रम रहेको छ ।
सम्मेलनमा प्रधानमन्त्री दाहालले आगामी सोमबार प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा उर्जा मन्त्रालयका छुट्टै टोली पनि सहभागी हुने बताइएको छ ।
सम्मेलनका लागि नेपालीहरुको आकर्षक गतव्य मुलुकका रुपमा रहेको युएईमा ठूलो संख्यमा नेपालीहरु रहेकाले पनि दाहालको भ्रमण महत्वपूर्ण रहने मन्त्रालयका एका अधिकारीले जानकारी दिए । उहाँ आगामी मंगलबार स्वदेश फर्किनु हुनेछ ।