पुष २८ धरान । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालले कक्फेवा तङ्नाम अर्थात नया“ वर्षको अवसरमा आज एक भब्य कार्यक्रमको आयोजना गरि शुभकामना आदन प्रदानका साथै आफ्नो केन्द्रिय समितिको कार्यलय उद्घाटन गरेको छ ।
धरान १५ स्थित मिलनचोकमा आज एक भब्य कार्यक्रमका बिच नेकपा माओवादि केन्द्रका पोलिटब्यूरो सदस्य तथा मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साम मेन्याङ्बो “मुकेश” ले कार्यलयको उद्घाटन गर्नु भएको हो । कार्यलयको उद्घाटन कार्यक्रममा बोल्नु हुदै मोर्चाका अध्यक्ष मुकेशले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र लागु भयो भने मात्र लिम्बुवान ले खोजेको लिम्बुवान स्वायत्त प्रदेश प्राप्त हुने बताउनु भयो ।
अहिले प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउनका लागि विभिन्न किसिमका प्रतिगामिहरुले षड्यन्त्र गरिरहेको बताउदै उहाले यस्तो अवस्थामा मुलुकमा जतिसुकै बेला पनि प्रतिक्रान्ति हुनसक्ने आशंका ब्यक्त गर्नु भयो । साथै उहाले कक्फेवाको शुभकाना दिनुहुदै आफ्नो स्वायत्तताको लडाईमा सम्पुर्ण लिम्बुवानी समुदायलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा माओवादि केन्द्रका केन्द्र्रिय सदस्य तथा धरान उपमहानगरपालिका कार्य समितिका ईन्चार्ज आईन्द्र विक्रम वेघा, पार्टिका केन्द्रिय सल्लाहाकार सदस्य भवानी बराल, नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष केशब घिमिरे लगायतले शुभकामाना मन्तब्य राख्नु भएको थियो।
नेकपा मोओवादि निकट जातिय मोर्चाको रुपमा रहेको मोर्चाले आयोजना गरेको कार्यक्रममा विभिन्न जातिय संस्थाका प्रतिनिधि, राजनीतिक दल, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । कक् अर्थात चाप र फेवा अर्थात प्mँुल्नु अर्थात चाप फुल्ने समय र माघे सक्रान्तिका बेला लिम्बु समुदायले यसलाई नया“ वर्षको रुपमा मनाउने गरेको मोर्चाका महासचिव पकन्दी लिम्बुले बताउनु भएको छ ।