संविधान संशोधन विधेयकमा आदिबासी जनजातिको समर्थन

संविधान संशोधन विधेयकमा आदिबासी जनजातिको समर्थन

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पौष २८, काठमाडौं ।

नेपाल आदिबासी जनजाति महासङ्घले सरकारले व्यवस्थापिका–संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावमा समर्थन जनाउदै पारित गराउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरी महासंघका प्रतिनिधीले संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जनाएका हुन् ।

भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न पनि उनीहरुले माग गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
साथै प्रधानमन्त्रीले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ