काठमान्डौ पुस २८।
एमाले नेता शंकर पोखरेलले सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक ल्याएर मुलुकलाई विपरित दिशा तर्फ धकेलेको बताउनु भएको छ ।
संविधान कार्यान्वयन गराउने बाटो तर्फ लाग्नुको सट्टा सरकार संशोधन विधेयक ल्याएर उल्टो बाटोमा लागेको आरोप लगाउनु भयो ।
प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेता पोखरेलले निर्वाचन गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गर्नुको साटो सरकारले संशोधन विधेयक ल्याएर विवाद बढाउने काम गरेको बताउनु भयो ।
निर्वाचनबाट पन्सिन र दलहरुविच विवाद चर्काउने हिसावले नै सरकारले संशोधन विधेयक ल्याएको बताउदै उहाँले यसले देशलाई अधो गतितिर लैजाने दाबी गर्नु भयो ।
झुक्काएर ल्याएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने उहाँको जिकीर थियो ।
संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित भएकाले संसदमा यसकोे विरोध र आलोचना गर्ने काम भने निरन्तर गर्ने नेता पोखरेलले उल्लेख गर्नु भयो ।