काठमाडौ पुस २८।
उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज पनि बस्दै छ । बैठक सर्वाेच्च परिसरमा विहान १० बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा रिक्त रहेका पदका लागि न्यायधिश नियुक्तिका विषयमा उत्पन्न विवाद टुङगो लगाउने प्रयास गरिने बताइएको छ ।
रिक्त ८० पदका लागि नियुक्तिका विषयमा उत्पन्न विवादका कारण पछिल्लो समय लगातार परिषद्को बैठक बसे तापनि निर्णय लिन भने सकेको छैन ।
परिषदमा सबै जनाले आ आफ्नो कोटा माग्दै नियुक्तिका लागि दवाव दिए पछि कुरा मिल्न नसकेको स्रोतले जनाएको छ । सबैले आफ्नो सेटिङ्ग मिलाउन खोजेका कारण नियुक्ति प्रक्रियामा ढिलाई भएको परिषद्का एक सदस्यले जानकारी दिएका छन् ।
योग्य भन्दा पनि आफm्नो मान्छेलाई न्यायधिशमा नियुक्ति गर्नु पर्ने अडान कै कारण अहिले सम्म परिषद्को बैठक प्रभावित हुदै आएको छ ।
बरिष्ठतम् न्यायाधीश बैद्यनाथ उपाध्यायको उमेर हदका कारण पदावधि भोली देखि सकिन लागेकाले भोली सम्म पनि टुङगो नलागे न्यायधिश नियुक्ति प्रक्रिया प्रभावित हुने देखिएको छ ।