परिमार्जनसहित संशोधन विधेयक पारित गर्न संघीय गठबन्धनको आग्रह

परिमार्जनसहित संशोधन विधेयक पारित गर्न संघीय गठबन्धनको आग्रह

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ७, पुस । मधेशी मोर्चासम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ । संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत दुई तिहाई पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जन सहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको दोहर्याएको छ ।
सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेको छ ।
संविधान संशोधनको माग गर्दै आन्दोलनरत संघीय गठबन्धनले आगामी माघ १ गते काठमाडौंका बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन÷परिमार्जन’ बिषयक गठबन्धनले अन्तरक्रिया गर्दैछ ।
संशोधनका लागि सरकारलाई दबाब दिन गठबन्धनले राष्ट्रिय स्तरको अन्तरक्रिया गर्ने निर्णय गरेको हो । गठबन्धनको आह्वानमा हुने सो अन्तरक्रियालाई घटक दल नेपाः राष्ट्रिय पार्टीले व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।
संविधान संशोधनमा सरकारी ढिलाई र एमालेको अवरोधले गर्दा संशोधनदेखि संविधान कार्यान्वयनसम्मका सबै प्रक्रिया अवरुद्ध भइसकेकोले भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।

संविधान संशोधनको विरोधका नाममा एमाले नेताहरुले नश्लीय अभिव्यक्ति र गतिविधि गरेर मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको गठबन्धनको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ