काठमान्डौ, पुस २७।
सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक टेबुल गरेको विरोधमा आज गुल्मी बन्द गरिएको छ ।
सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
बन्दका कारण कुनै पनि सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन भने बजार तथा कलकारखाना समेत ठप्प रहेका छन् ।
आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन विधेयक राष्ट्र हित विपरीत रहेको भन्दै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline