निर्मल भट्टराईले बाबुराम भ्टराईलाई गरे खुल्ला ध्यानाकर्षण !

निर्मल भट्टराईले बाबुराम भ्टराईलाई गरे खुल्ला ध्यानाकर्षण !

  • मङ्लबार, पुस २६, २०७३
  • निर्मल भट्टराई

  • 7.5K
    SHARES

श्री डा. बाबुराम भट्टराईजी
संयोजक
नयाँशक्ति पार्टी, नेपाल
विषयःध्यानाकर्षण गराएको बारे ।
महोदय,
तपाई तत्कालीन एमाओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेकेै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्म माक्र्सको द्वन्दात्मक ऐतिहासिक भौतिकवाद मान्ने , पाँच“स”लाई नयाँ शक्तिको सैद्धान्तिक प्रस्थानविन्दु मान्ने, प्रत्यक्ष लोकतन्त्रको मान्यता अनुरुप पार्टी सञ्चालन गर्ने, प्रत्यक्ष कार्यकारी राष्ट प्रमुखवा सरकार प्रमुखको व्यवस्था ल्याउन राजनीतिक अभियान सञ्चालन गर्ने नयाँ शक्तिका हालसम्मका सर्बस्वीकृत अवधारणा हुन् । तर त्योभन्दा फरक तपाईले हालसालै व्यक्तगर्नु भएका केही विचारमा सङ्गति नदेखिएकोले सार्वजनिक रुपमा ध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशा एवम् विश्वास छ, तपाई मसंग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारत्मक ढङ्गले गरिएकाआलोचनाकहिलेकहीं अमृत सरह हुनसक्छन् र स्वार्थप्रेरित प्रशंसा विषजस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ ।
१) तपाईंलाई थाहा छ —माओवादीआन्दोलनले उठाएको संघीयताको अवधारणामा केहीखोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीयपहिचानको आधारमा गरेर नेपालको समस्यातपाईंले भने जसरी समाधान हुन्छजस्तो मलाई लाग्दैन । यो विषयजनताले मन नपराएरै पछिल्लो संविधानसभानिर्वाचनमामाओवादीलाई मतदिएनन् । यो तथ्यबुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोकेजस्तो गरी तपाई किनयहीअजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ?
२) बेला बेलातपाई खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेशी, थारुकाहकअधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदानगरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ?तपाईजस्तो नेताले यस्तो गल्तिनदोहोर्यादा देशको हितहोला ।
३) अक्तियारमालोकमानको नियुक्ति गराउनतपाईले खेलेको भूमिका एउटा एतिहासिकभूलथियो । उनलाई महाअभियोग लगाए पछि“व्यक्ति हटाएर केहीहुदैन, प्रणाली फेर्नु पर्छ” भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यो विषयमा सार्वजनिकआत्माआलोचनागर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसल राम्रो हुन्छ ।
४)तपाई टोपीदिवसजस्तो अति सामान्यविषयमाअनावश्यक टिप्पणी गर्नुहुन्छ ।  नेपालीजनताले लगाउने  परम्परागत असंख्य परिधानको यसै गरी टिप्पणी गरेर साध्यहोला?कतिपय यस्ता विषयमातपाईंको मौनताअपेक्षित छ ।
यो ध्यानाकर्षण गरेकोमागल्तीभएमाफपाउँ, माफीले नपुगे कारवाहीपाउँ ।
उहीतपाईको,
निर्मल भट्टराई
सदस्य
केन्द्रीय परिषद
नयाँशक्ति पार्टी, नेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी