काठमाडौं पुस २६ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आफुले गद्दी छाडेपछि देशको अस्तित्वमा गंभिर संकट आएको बताउनु भएको छ । २९५ औ पृथ्वीजयन्तीको अवसरमा आज विज्ञप्ती जारी गर्दै उहाँले आफूले गद्दी छाडेको एक दशक नबित्दै देश रहने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको बताउनु भएको हो ।
पुर्व राजा ज्ञानेन्द्रले विज्ञप्तीमा आफु नेपाली जनताको इच्छा अनुसार नारायणहिटी दरबारबाट बाहिरिए पनि एक दशक नबित्दै नेपाल बच्ने कि नबच्ने भन्ने चिन्ताजनक अवस्था आइपुगेको दावी गर्नुभएको छ ।
‘तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी बाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं । दशक नवित्तै नेपाल बँच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीम आज हामी आइपुगेका छौं’ वित्रप्तीमा भनिएको छ ।
उहाँ देश कसैको क्रिडास्थल बन्न दिन नहुने भन्दै देशभक्त नेपालीहरूले एकतावद्ध भई नेपालको अस्तित्व र पहिचान जोगाउन लाग्नुपर्ने बताउनु भयो ।