संसदद्धारा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

संसदद्धारा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २६ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित गरेको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकले अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको छलफल पछि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयक पारित भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आउने बताउनु भयो ।

उहाँले बैकिङ क्षेत्रमा देखिएको विसङगतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउने उद्देश्यले विधेयक ल्याईएको बताउनु भयो ।

बैंकिङ कारोबारमा देखिएको जोखिम नियन्त्रणमा योगदान पुग्ने भन्दै उहाले यसबाट बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु ’ हुने बताउनु भयो ।

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाल लगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ ।

यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवाल, डा सुबोध पोखरेल र चूडामणि विक जङ्गलीले अर्थमन्त्रीसँग स्पष्टीकरण माग गर्नुभएको थियो ।

आजको बैठकमा वाणिज्य मन्त्री रोमी गौचन थकालीले व्यापार सहजीकरण सम्झौता सदनसमक्ष पेस गर्नुभयो ।

संसद्को अर्काे बैठक आगामि पुस २९ गते शुक्रबार दिउसो १ बजे बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ