जाति, भाषा वा भूगोलका नाममा मुलुकलाई खण्डित हुन दिन्नौं :ओली

जाति, भाषा वा भूगोलका नाममा मुलुकलाई खण्डित हुन दिन्नौं :ओली

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २६ पौष ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउनु भएको छ ।

उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप समेत लगाउनुभयो ।

झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको आज स्थानीय रानामिलमा शिलान्यास गद उहाँले मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लागिपर्ने धारणा राख्नुभयो ।

पूर्वप्रधान मन्त्री समेत रहनु भएका ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा नेता अग्नि खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको भन्दै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ