काठमाडौ पुस २६।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धि कानूनमा संशोधन र एकिकरण गर्न बनेको बाफिया विद्येयकमा अर्थ समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ ।
यसअघि संसदमा पेश भएको बाफिया सम्बन्धी उक्त बिधेयकमाथि विवाद भएपछि आवश्यक सहमतिका लागि भन्दै संसदले अर्थ समितिमा पठाएको थियो । समितिका सभापति प्रकाश ज्वालाले आजको बैठकमा सो प्रतिवेदन पेश गर्नु हुने संसद सचिवालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बैंक तथा वित्तिया संस्थाको संस्थापक शेयर १० वर्षपछि साधारण शेयरमा परिणत गर्न पाइने लगायतका बुँदामा विवाद देखिएको थियो ।
बाफिया सम्बन्धी विधेयक पारित भए संवैधानिक निकायमा बसेको व्यक्ति कुनैपनि वित्तिया संस्थाको सन्चालक समितिमा बस्न पाउने छैन भने सन्चालक समिति सदस्यहरुको योग्यता समेत ऐनमा निर्धारण गरेको छ ।