न्याय परिषदको बैठक आजपनि बस्दै

न्याय परिषदको बैठक आजपनि बस्दै

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ २६ पौष ।  

उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आजपनि बस्दै । बिहान ९ बजेपछि सर्वाेच्च परिसरमा बस्ने बैठकमा रिक्त रहेका ८० पदका लागि न्यायधिश नियुक्ती गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

बरिष्ठतम् न्यायाधीश बैद्यनाथ उपाध्यायको पदावधि सकिन केही समय मात्र बाँकी रहेकाले उच्च अदालतमा रिक्त न्यायाधीशको त्यसअघि नै टुंगो लगाउने तयारी स्वरुप न्यायपरिषद्को बैठक निरन्तर बस्दै आएको छ ।

कुन समुहबाट कति जना ल्याउनेबारे परिषद सदस्यहरुबीच मतभेद देखिएपछि केही दिन यता लगातार बैठक बसेपनि नियुक्ति हुन सकेको छैन ।

८० पदका लागि जिल्ला न्यायाधीशबाट ३७ जना कानुन व्यवसायीबाट ३० जना र १३ जना न्याय प्रशासन सेवाबाट ल्याउने बिषयमा गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

यद्यपी यस विषयमा अन्तिम टुङ्गो लाग्न बाँकी छ । आजको बैठकले रिक्त रहेका पदमा नियुक्ति गर्ने सम्भावना रहेको परिषद् सदस्य समेत रहेका कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

आजको बैठकबाट रिक्त पदपूर्ति गर्ने तयारी स्वरुप कानुनमन्त्री नायकले आफ्नो पूर्व निर्धारित पोखरा भ्रमण स्थगित गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ