परराष्ट मन्त्री आज कतार जादै

परराष्ट मन्त्री आज कतार जादै

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ पुस २६।
परराष्ट्रमन्त्री प्रकाश शरण महत तीन दिने औपचारिक भ्रमणका लागि आज कतार जादै हुनुहुन्छ । कतारका विदेश मन्त्री सेख मोहम्मद विन अब्दुलरहमन विन जसिम अल थानीको निमन्त्रणामा उहाँ आज त्यस तर्फ जान लाग्नु भएको हो ।

मन्त्री महतसँगै भ्रमणमा परराष्टसचिव शंकरदास वैरागी र श्रम मन्त्रालयका प्रतिनीधि पनि सहभागी हुने छन् । भ्रमणका क्रममा परराष्टमन्त्री महतले भोली दोहामा विदेशमन्त्री थानीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ ।

उहाँहरु विच नेपाली कामदारका समस्याका विषयमा दुइ पक्षीय वार्ता हुने बताइएको छ । यस्तै कतारका श्रममन्त्री सँग पनि मन्त्री महतले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसैविच परराष्टमन्त्री महत कतारको दोहाबाट आगामी विहीबार अमेरिका जाने कार्यक्रम तय भएको परराष्टले जनाएको छ ।

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ वार्षिक बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मन्त्री महत अमेरिका जान लाग्नु भएको हो । कतार र अमेरिकाको भ्रमण सकेर मन्त्री महत आगमी माघ ३ गते स्वेदश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ