मोर्चाको विरोधपछि एमाले आमसभामा तनाव

मोर्चाको विरोधपछि एमाले आमसभामा तनाव

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २५ पौष ।  

नेकपा एमाले सुनसरीले आज हरिनगरमा आयोजना गरेको आमसभामा मधेशी मोर्चाले अवरोध गरेको छ । मोर्चाको अवरोधका बिच एमालेले आमसभा गरेपछि तनाव उत्पन्न भएको हो ।

पार्टी बरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने आमसभा आसपास मधेसी मोर्चाका कार्याकर्ताहरुले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको सुनसरी प्रहरीले जनाएको छ ।

एमालेले आमसभा गर्ने तयारी थालेदेखि नै मोर्चाका कार्याकर्ताहरुले कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै विरोध जनाएका थिए ।

विरोध स्वरुप मोर्चाले आज बिहानैदेखि हरिनगर बजार बन्द गरेका थिए । सो क्रममा मोर्चाका कार्यकर्ताहरुले हरिनगरमा एक यात्रु बाहक बसमा तोडफोड र आगजनी गरेका छन् ।

बसमा लगाएको आगो सुरक्षाकर्मीले तत्काल निभाएकाले धेरै क्षति भने नभएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले आन्दोलनकारीको साथबाट ५ बोतल पेट्रोल बम समेत बरामद गरेको छ भने आगजनी गर्न खोज्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ