विराटनगर, पुस २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका–संसदमा टेबल गरिएको संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रियामा प्रवेश नदिइने अडान कायम राखेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीको सहमती बिनै सरकारले संसदमा टेबल गरेको संसोधन बिधेयक पारीत हुन नदिने बताउनु भयो ।
विराटनगरमा आज सन्चारकमीहरुसँग कुरा गर्दै उहाले संसोधन बिधेयकले मुलुकलाई निकास दिन नसक्ने भएकोले यसको औचित्य नभएको बताउनु भयो ।
राजनीतिक गतिरोधको समाधान पनि संसदीय प्रक्रियाबाटै खोजिने भन्दै उहाँले मुलुकमा जारी राजनीतिक गतिरोधको केहि दिन भित्रै अन्त्य हुने दाबी गर्नुभयो ।
दलीय स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थमा सबै केन्द्रित भएमा गतिरोधले निकास पाउन केही गाह्रो नहुने उहाको भनाई छ ।
अध्यक्ष ओलीले अब मुलुक स्थानीय तहको निर्वाचनमा अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।