महोत्तरी , २५ पुस ।
तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनु भयो ।
एमालेसहितका दलले संसद् अवरोध र सडक आन्दोलन गर्दैमा मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहो¥याउनुभयो ।
उहाँले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने धारणा राख्नुभयो ।
संविधान संशोधन बिना देशले निकास नपाउने भन्दै उहाँले वर्तमान सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline