सांसदद्धारा स्थानीय तहको निर्वाचन गराउन ध्यानाकर्षण

सांसदद्धारा स्थानीय तहको निर्वाचन गराउन ध्यानाकर्षण

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौँ, २५ पुस ।

सत्तानरुढ तथा प्रतिपक्षी दलका सांसदहरुले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितलाई पुनः वासको उचित व्यवस्था र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय निकाय निर्वाचनको मिति तोक्न ढिलाईभईसकेको भन्दै अझै समय खेर नफाल्न सुझाब दिएका थिए ।

नेपाली काँग्रेसका रामहरि खतिवडाले निर्वाचनसम्बन्धी कानुन संसदमा पेस भइसकेकाले सबै दल मिलेर स्थानीय निर्वाचनतर्फ मुलुकलाई केन्द्रित गराउन आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का अनन्तप्रसाद पौडेलले विभिन्न सडक विस्तार गर्दा स्थानीयवासीलाई सरकारले उचित मुअब्जा दिनुपर्ने माग गर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा तराईका केही जिल्लामा गरिएको पुनःसंरचनामा आफ्नो असहमति रहेको बताउनुभयो ।

यस्तै राप्रपाका कुन्तीकुमारी शाहीले आगामि पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएर राष्ट्र एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदानको सम्मान गर्न आग्रह गर्नुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले वैदेशिक रोजगारी गएकाहरुको जानकारी लिन र उतै ज्यान गुमाएकाको शव ल्याउन पनि कठिनाई भईरहेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको सदुपयोग नभएको र गुणस्तरीय शिक्षामा चुनौती उत्पन्न भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नबुझीकनै सङ्घीयता ल्याइएको भन्दै विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

यस्तै शून्य समयमा बोल्ने गणेशसिंह ठगुन्ना, टीकाराम चेम्जोङ लिम्बू र तुलाराज विष्टले संविधान संशोधन विधेयक टेबल भईसकेकाले अब निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ