बिरोध र होहल्लाकाबीच संशोधन विधेयक संसदमा पेस,सत्तारुढको चलाखि , प्रतिपक्षी यसरी झुक्किए

बिरोध र होहल्लाकाबीच संशोधन विधेयक संसदमा पेस,सत्तारुढको चलाखि , प्रतिपक्षी यसरी झुक्किए

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं ,पुस २४ ।

एमाले सहित विपक्षी ९ दलको विरोधकाबीच सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा अपरान्ह बसेको संसदको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले संशोधन विधेयक पेस गर्नुभयो ।

विपक्षी ९ दलहरुको नाराबाजी र होहल्लाका बीच नमन्त्री नायकले संशोधन विधेयक पेस गर्नुभएको हो ।

सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक पेस गर्न उपप्रधानमन्त्री निधिलाई भनेपछि स्थानीय निर्वाचनसम्बन्धी विधेयक पेस गरेर रोष्टममा नै रहनुभएका कानुनमन्त्री नायकले उहाको तर्फबाट संशोधन विधेयक पेस गर्नुभएको हो ।
यसअघि आज दिउसो १ बजे बसेको पहिलो बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

यसैबीच, आफूहरुको विरोधका बाबजुद संसदमा संशोधन प्रस्ताव प्रस्तुत हुनुलाई विपक्षीले ‘लज्जास्पद घटना’ भएको प्रतिक्रिया दिएका छन् ।

संसद भवनबाट बाहिरिनुभएका एमाले उपाध्यक्ष वामदेव गौतमले संसारमै नभएको संसदीय अभ्यासविपरीत सभामुख अघि बढेको बताउनु भयो ।
उहाँले संशोधन विधेयक प्रस्तुत गर्न अनुमति दिनु लज्जास्पद घटना भएको भन्दै आफूहरुले विरोधलाई निरन्तरता दिने पनि बताउनु भयो ।

विधेयक पेस गर्न अनुमति दिनुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा गौतमले ‘टेबुल गर्ने विषयमा कुनै सहमती नभएको बताउनु भयो ।

संसदको गतिरोध अन्त्यको लागि संसद बैठकअघि बसेको प्रमुख तीन दलका शीर्ष नेता बैठक बिना निष्कर्ष सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ