गायक गणेश रसिकको एकल साझ हुने

गायक गणेश रसिकको एकल साझ हुने

  • शनिबार, पुस २३, २०७३
  • भरतराज शर्मा(गोपाल)

  • 6.6K
    SHARES

धरान,२३ पुस।
गायक गणेश रसिकलाई पहिलो पटक धरानमा एकल साझ गर्ने साइत जुरेको छ । यसभन्दा अगाडि विभिन्न स्थानमा एकल साझको आयोजना भएपनि पहिलो पटक धरानमा रसिकको एकल साझको आयोजना गर्ने भएपछि त्यो साइत जुरेको हो ।
आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २२ गते ‘मुन्धुम साझ’मा गायक रसिकको एकल गीतसंगै साहित्यकार उपेन्द्र सुब्बा, गायिका झुमा वनेमको प्रस्तुतिलाई मुन्धुम साझमा समेटिने हाउसकी सञ्चालक मुनु मिभकले जानकारी दिनुभयो ।

उहाकाले सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक धरानमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । रसिकको यसअघि १३ वटा एकल साझहरु भइसकेका छन् ।
उहाको काठमाडौं, झापा, पोखरालगायत सिंगापुर, हङकङमा एकल साझहरु सम्पन्न भएपनि धरानमा भने पहिलो पटक हुन लागेको हो ।धरानमा चर्चित कलाकारहरुको कन्सर्टहरु धेरै हुने गरेका छन् । यसले सुगम संगीतका पारखीहरु घटेको प्रति गायक गणेश रसिकले पत्रकार सम्मेलनमा दुःखेसो पोख्नुभयो । अहिले सुगम संगीतका गीतहरु आयोजना गरिदिने कोही नहुने दुःखेसो पोख्दै मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले पहिलो पटक धरानमा एकल साझको आयोजना गरिदिएकोमा धन्यवाद समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी