अकोराबको नयाँ नेतृत्वमा सुवास खतिवडा

अकोराबको नयाँ नेतृत्वमा सुवास खतिवडा

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २३ पौष ।  

सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको नयाँ नेतृत्वमा सुवास खतिवडा विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी हुनुभएको हो ।

एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बन्नुभएका खतिवडाले एकसय ४२ तथा थापाले एकसय ३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । थापालाई काँग्रेस र माओवादी केन्द्रबाट समर्थन थियो ।

यसैगरी अकोराबको वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनु भएको छ । गिरी अर्का प्रत्यासी होम पाठकलाई १० मतले पराजित गर्दै १ सय ३० मतले विजयी हुनु भएको हो ।

यसैगरी मधेशीका तर्फबाट अर्का उपाध्यक्षमा निमेश कर्ण विजयी हुनु भएको छ भने महिला उपाध्यक्षमा शशिकला दाहाल चुनिनु भएको छ । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी हुनु भएको छ ।

दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन हुनुभएको छ । अकोराबको महासचिवमा विजयी थापा प्यानलका गोविन्द देवकोटाले एकसय ३६ मत पाउनुभयो । उहाँका प्रतिद्धन्दी पिताम्बर सिग्देलले एक सय २८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी कोषाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा खतिवडा प्यानलका बन्दना दनुवार विजयी हुनुभएको छ । राजधानीमा हिजोबाट सुरु भएको अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेश स्तरीय समिति समेत चयन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ