दृष्टिविहीन राईको एल्बम विमोचन

दृष्टिविहीन राईको एल्बम विमोचन

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, १७ पुस । 

दृष्टि विहीन रुपा राईको आधुनिक गीति एल्वम सम्झौताको डुंगाभित्र’ सार्वजनिक गरिएको छ ।

किरात राई यायोक्खास्थित सुम्निमा हलमा वरिष्ठ सङ्गीतकार शान्तिराम राई, गायिका पार्वती राई र कवयित्री विमला तुम्खेवाले संयुक्त रुपमा एल्बम शनिबार विमोचन गर्नुभएको हो ।

सो अवसरमा रचयिता राईले एल्बममा समेटिएका आठ गीत आफूले विभिन्न समयमा लेखेको जानकारी दिँदै जीवनमा उकाली–ओराली गर्ने क्रममा मानिसका दुःख, पीडा र व्यथालाई समेटेर गीत तयार गरेको बताउनु भयो ।

एल्बममा ‘सम्झौताको डुङ्गाभित्र’ टाइटल गीतसँगै ‘कैयौँ समय’, ‘एकान्त यो’, ‘फर्केर नआई’, ‘खुसीले लेख्दा’, ‘अरुको भन्दा’, ‘खोज्दै नखोज’ र ‘मायाको सङ्घार’ बोलका गीत छन् ।

यस्तै, एल्बममा कृष्णभक्त राई, अञ्जु पन्त, नरेन्द्र प्यासी, स्मृति शाही, राजेशपायल राई, श्रेया चेम्जोङ, सुन्दर लामा र कविता काफ्लेले स्वर दिएका छन् । रु २५० मूल्य तोकिएको सो एल्बम ज्योति केसी र किरण केसीको लगानीमा बजारमा आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी