सरकारले जुनसुकैबेला निर्वाचनको मिति घोषणा गर्न सक्छ : निधि

सरकारले जुनसुकैबेला निर्वाचनको मिति घोषणा गर्न सक्छ : निधि

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

गोरखा, १६ पुस ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्नसक्ने बताउनु भएको छ ।

गोरखामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले राजनीतिक दलहरुबीच सहमति भएलगत्तै निर्वाचनको मिति घोषणा हुने भन्दै तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाले निर्वाचन कार्यालयहरुलाई मतदाता नामावली अद्यावधिक गर्न पनि निर्देशन दिनुभयो ।

आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्ने सरकारको लक्ष रहेको भन्दै उहाले सोहि अनुरुप निर्वाचनको मिति घोषणा हुने बताउनु भयो ।

उहाले संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको र संसद्बाटै पारित गर्ने दाबी पनि गर्नुभएको छ ।

यस्तै गृहमन्त्री निधिले ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका निजी घर तथा सार्वजानिक भवन पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै निजी घर बनाउन अनुदान पाउन छुटेका भूकम्पपीडितलाई छिटो अनुदान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको समसामयिक अवस्थाबारे गृहमन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । बूढीगण्डकीको मुआब्जा पुनरावलोकन, गोरखा दरबारको पुनःनिर्माण, दोस्रो किस्ता छिटो पठाउनुपर्ने तथा अनुदान पाउन छुटेका १६ हजार भूकम्पपीडितको गुनासो छिटो फस्र्याैट गर्नुपर्ने अवस्था रहेको प्रजिअले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ