सम्पदाको मन कता अल्झियो (भिडियो सहित)

सम्पदाको मन कता अल्झियो (भिडियो सहित)

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।
शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप ” यसोधा – १” बजारमा ल्याएकी उनले संगीत साधक स्व. अंबर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाको आशिर्बादले थप उर्जा मिलेको बताउदछिन्।
२००६ देखिनै अमेरिका बसोबास गर्दै आउनुभएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत ‘मेरो मन’को भिडियो बाट धेरै आशाबादी छिन् । लामो समयदेखी अमेरिकामा बसोबार गर्दै आउनुभएका गायक, संगितकार, तथा गीतकारको पनि छबी बनाएका एन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।
नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क” अन्तर्गतको ‘आर्टिस्ट नेपाल प्रोडक्सन’को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी