तबिका गुरुङ बनिन के.एम.सि.सिंगिङ्ग स्टार

तबिका गुरुङ बनिन के.एम.सि.सिंगिङ्ग स्टार

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ, पुस ९ ।

“के.एम.सि. सिंगिङ्ग कम्पिटिसन २०१६” आज सम्पन्न भएको छ । तबिका गुरुङ यस बर्षको सिंगिङ्ग स्टार बनेकी छन् ।

प्रतियोगिताको फाईनल चरणमा १६ जना प्रतिस्पर्धी मध्येबाट कक्षा ११ की तबिका प्रथम स्थान ओगट्न सफल भएकी हुन् ।

यस्तै प्रतियोगितामा कक्षा ११ की स्नेहा खनाल द्धितीय भईन भने कक्षा १२ मा अध्ययनरत दिपक रानाभाट तृतिय स्थान ओगट्न सफल भएका छन् ।

उक्त प्रतियोगिताको निर्णायक चर्चित गायिका मल्लिका कार्की र सञ्चारकर्मि तथा गायक एस.बि.साउद रहनुभएको थियो ।

यसैविच प्रिन्सिपल तथा कार्यक्रमका सभापति ध्रुव भट्टराईले कलेजले सदैव गुणस्तरिय शिक्षामा जोड दिदै आएको जानकारी गराउँदै प्रतिभावान विद्यार्थि समेत उत्पादन गर्दै आएको दाबि गर्नुभयो ।

यस्तै कलेजका प्रमुख संयोजक मुक्तिराम अर्यालले स्थापना कालदेखि १६ बर्षको अवधिसम्म कलेजले धेरै चुनौतिलाई सामना गदै हालको अवस्थासम्म आईपुगेको धारणा राख्नुभयो ।

यस्तै प्रमुख अतिथी तथा प्रतियोगिताकी निर्णायक गायिका मल्लिका कार्किले यस्ता कार्यक्रमले विद्यार्थिहरुको अन्तरनिहित क्षमताको विकाश हुनुका साथै राम्रो अध्ययनमा समेत टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै कलेजका परामर्श शाखा प्रमुख श्रीधर आचार्य र परामर्श सहायक समिपा शाह र कलेजका ई.सि.ए. प्रमुख अमित घर्तिले विद्यार्थिको चौतर्फि बिकाशका लागि अतिरिक्त कृयाकलापमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोकदोहोरी गायक गोपालजंग थापा र गायिका चित्रकला बुढाथापाले साङ्गितीक प्रस्तुतिबाट निकै मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यकममा विभिन्न संकायका प्रमुखहरु, अभिभावकलगायत विद्यार्थिहरुको उल्लेख्य उपस्थिती थियो ।

बि.स.२०५७ सालमा स्थापना भएको बागबजारस्थित के.एम.सि.कलेज काठमाण्डौ उपत्यकामा गुणस्तरिय शिक्षा प्रदान गर्ने कलेजको रुपमा परिचित छ ।

भौतिक सुबिधा सम्पन्न कलेज के.एम.सि.ले विद्यार्थिहरुको अन्तरनिहित विकाशको लागि हरेक बर्ष खेलकुदका साथै मिस के.एम.सि., मिस्टर के.एम.सि. लगायत बिभिन्न अतिरिक्त कृयाकलापहरु पनि गदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी