आलोक चाम्लिंगले राजेश हमाल,सरोज खनाल लगायत दर्जनौ कलाकारलाई एकै साथ नचाए

आलोक चाम्लिंगले राजेश हमाल,सरोज खनाल लगायत दर्जनौ कलाकारलाई एकै साथ नचाए

  • बुधबार, पुस ६, २०७३
  • शान्ति राज राई

  • 8.3K
    SHARES

पौष ५ ,काठमाडौ ।

आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपालञञञञज्ञत्रज्ञ बोलको गीतमा एक साथ जुटाएका छन् ।

चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने बताइएको छ ।

आफ्नै लगानीमा बनी रहेको यसगीतमा शब्द आलोक चाम्लिङकै रहेको छ भने उक्त गीतका लागि अहिलेका चर्चित युवा गायक/संगीतकार सि.डि विजयले संगीत दिएका छन् । स्वर सि.डि विजय र मनिशा राईको रहेको छ ।

यस गीतको लागि निर्देशन सशान कंडेलले गरेका छन् भने महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तम केसी, निर्मल शर्मा (गैडा), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,सुलेमान(इकु) ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारले जय जय नेपाल..’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

यसैगरी यही गीतमा विल्सन बिक्रम,पार्बती राई,बुद्धि तामांग,गीता राई, युवराज लामा,मीरा राई,मदन कृष्ण श्रेष्ठ,हरिबंस आचार्यले पनि अभिनय गर्ने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी