“नेपालका नेता”को साथमा देखिए गायक थापा

“नेपालका नेता”को साथमा देखिए गायक थापा

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ,पुस ६।

सांगितीक यात्राको छोटो समयमा नै छुट्टै परिचर्चा बटुलेका लोक तथा दोहोरी गायक गोपाल जंग थापाको “नेपालका नेता” बोलको नयाँ गीत अडियो÷भिडियो सहित सार्वजनिक भएको छ ।

नेपालको वर्तमान राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ ।

गायक थापाकी जीवन संगिनी चित्रकला बुढाथापाको लय शब्द रहेको सो गितमा गायक थापाको स्वर रहेको छ भने उहाँ आफैले अभिनय समेत गर्नु भएको छ । गीतको भिडियोमा गायक थापाको अभिनयसमेत अब्बल देखिएको छ । गायक थापाले नेपालका नेता बोलको यो गितमा आफूले नेपाली जनताले भोग्नु परेको वास्तविकतालाई गित मार्फत छर्लंगं पार्न खोजेको भन्दै यो गितले धेरै दर्शक एवं स्रोताहरुको मन जित्नेमा आफू आशावादी रहेको बताए ।

उनले भने, लोक संगितमा नै आफ्नो जीवन व्यतित गर्ने भन्दै आगामी दिनहरुमा पनि अझै उत्कृष्ट किसिमका गितहरु बजारमा ल्याउन आफू संघर्षरत रहेको बताए । गायक थापाले छोटो समयमा नै धेरै दर्शक एवं शुभेच्छुकहरुबाट निकै माया पाएको भन्दै यसले आफूलाई साँगितिक यात्रामा थप हौसला दिएको भन्दै खुशी समेत व्यक्त गरोका छन् ।

आफ्नो पहिलो गीत क्या राम्रो रैछ नी साँफेबगरबाट सांगितिक यात्राको शुरुवात गरेका गायक थापाले त्यसपछि बर पिपल छाँयाले, यस्तै धेरै भए फटाहा जालीलगायतका लोकप्रिय गितहरु बजारमा ल्याईसकेका छन् । ती गीतहरुले बजारमा समेत निकै चर्चासमेत पाएका छन् ।

सुन्दर पश्चिमको अछाम जिल्ला वरदादेवी गाविस वडा नम्बर ५ बेल्पाटामा जन्मिएका थापा हाल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा एम. ए. दोस्रो वर्षमा अध्ययनरत छन् । खप्तड साँस्कृतिक परिवार टीकापुरका पूर्व उपाध्यक्ष समेत रहेका थापा विभिन्न साँस्कृतिक समूहरुमासमेत आवद्ध छन् । गायक थापाको आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो हार्दिक मंगलमय शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी