नरेन कुलुंगको नयाँ गीत अस्ट्रेलियाबाट सार्वजनिक [भिडियो सहित]

नरेन कुलुंगको नयाँ गीत अस्ट्रेलियाबाट सार्वजनिक [भिडियो सहित]

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पि. एन. पि. मिडिया, मेलबर्न | सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ | “तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिम्लाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म” बोलको गीत ऑस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगको सुमधुर आवाजमा सजिएको छ भने शब्द निष्प्रभ सजी, संगीत भानुभक्त ढकालको रहेको छ |

ऑस्ट्रेलियाबाट सांगीतिक यात्रा “उड़ान” नामक एल्बममा छ जना गायक गायिका ईश्वर पोखरेल, समीर आचार्य, संजीब पराजुली, सुजाता उपाध्याय र मोक्ष्यदा सिलवाल रहेका छन भने, गीत निष्प्रभ सजी र प्रदीप चापागाईंले लेखेका छन | त्यस्तै संगीत भानुभक्त ढकाल, हेमन्त राना, राजनराज सिवाकोटी, कल्याण सिंह, अर्जुन पोखरेल, आनन्द राइ र न्यूह बज्राचार्यले दिएका छन |

२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुंगले हालसम्म सय भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन | लामो समय पछि कुलुंगको बजारमा आएको गीतले स्रोताको मन जित्ने अपेक्ष्या गरिएको छ |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी